२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : श्रीलंकाद्वारा बंगलादेश पराजित, सुपर ४ मा छनौट



अ+ अ-

दुबईमा बिहीबार साँझ भएको एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई दुई विकेटले पराजित गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १८४ रनको लक्ष श्रीलंकाले चार बल बाँकी रहेको अवस्थामा आठ खेलाडी गुमाएर पूरा गरेको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले ६० र डासुन सानाकाले ४५ रनको आकर्षक पालि खेलेका थिए ।

यो जितसँगै श्रीलंका सुपर चारमा छनौट भएको छ ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले सात विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगलादेशका लागि मेहदी हसन मिराजले ३८, अफिफ हुसेनले ३९, महमुलाहले २७ रन बनाएका थिए ।

तर बंगलादेशका बलरहरुले अतिरिक्त रन धेरै दिएपछि श्रीलंकाले निर्धारित लक्ष सहजै पूरा गरेको थियो । बंगलादेशी खेलाडीले चार वटा नो–बल र ८ वटा वाइड फालेका थिए ।

समूह ख मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । बंगलादेशले लगातार २ खेल हारेर अंक तालिकामा पुछारमा छ भने अफगानिस्तानले ४ र श्रीलंकाले २ अंक बटुलेको छ ।

समूह क मा भने भारत, पाकिस्तान र हङकङ रहेका छन् ।

भोलि हङकङ र पाकिस्तान बीच खेल हुनेछ । यस समूहमा भारतले ४ अंक बटुलेको छ भने हङकङ र पाकिस्तानले अंक पाएका छैनन् ।

एजेन्सी