२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफको शतकीय पारीमा नेपालको सहज जित



अ+ अ-

काठमाडौं : ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।

नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले ।

आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक
सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए ।

यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए ।  अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे ।

केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो ।

केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए ।

घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक–एक विकेट आफ्नो नाममा लेखाए । दोस्रो खेल शनिवार हुनेछ ।

यस अघिको पाँच खेलको ट्वान्टी–२० श्रृंखला नेपालले ३–२ आफ्नो पक्षमा बनाएको थियो ।