२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : पाकिस्तान सुपर ४ मा प्रवेश, हङकङ १५५ रनले पराजित



अ+ अ-

युएईको शारजाहमा शुक्रबार सम्पन्न एसिया कप क्रिकेट अन्तर्गतको टी-२० खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले पराजित गरी सुपर ४ मा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा दुई विकेट गुमाएर १९३ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिज्वानले अविजित ७८, फखार जमानले ५३ तथा खुशदिल शाहले अविजित ३५ रन बनाएका थिए ।

कप्तान बाबर आजम ९ रनमा आउट भएका थिए ।

एकसय ९४ रनको लक्ष्य पछ्याएको हङकङले १२ ओभरमा सबै विकेट गुमाई ३८ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका बलरले कसिलो बलिङ गरेपछि हङकङ दबाबमा परेको थियो । पाकिस्तानका लागि मोहम्मद नवाज ३, शादाब खानले ४, नदीम शाहले २ तथा शाहनवाज दाहानीले १ विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तान सुपर ४ मा प्रवेश गरेको छ । सुपर ४ को खेलमा पाकिस्तान र भारतबीच आइतबार दुबईमा प्रतिस्पर्धा हुनेछ ।

शनिबार भने श्रीलंका र अफगानिस्तानबीच खेल हुनेछ ।