२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम आयोगका अध्यक्षले लुकाएका फरार अभियुक्त आलम पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षबाट भगाईएका ठगी आरोपमा फरार रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउसो फ्लाई दुबईको विमानबाट काठमाडौ आएका आलामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो ।

यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान काठमाडौ आएका आलमलाई विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीेको गाडीले पुर्योएको प्रहरीले जनाएको छ ।

यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीको टोलीलाई होटल लैजाने क्रममा आलमलाई पनि सगै लगिएको प्रहरी स्रोतले जानकारी दियो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।

आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् ।