२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोजदेखि शुक्रबार सेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय



अ+ अ-

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले आउँदो असोजदेखि शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार सेयर कारोबार नगर्ने सम्बन्धमा आइतबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ ।

असोजदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिन (आइतबार देखि बिहीबारसम्म) मात्र सेयर कारोबार गर्ने निष्कर्षमा नेप्से पुगेको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गर्‍यो । तर सेयर कारोबार भने शुक्रबार पनि भइरहेको थियो ।

झण्डै तीन हजार नाघेको सेयर बजार निरन्तर ओरालो लागेको अवस्थामा सेयर लगानीकर्ताको चर्को दबाबका बीच शुक्रबारको सेयर कारोबार बन्द गरिएको स्रोतले बताएको छ ।

हाल सातामा ६ दिन (आइतबार देखि शुक्रबारसम्म) सेयर कारोबार हुँदै आएको छ ।