२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्य कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस



file
अ+ अ-

सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।

केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस हुनुभएकोछ । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ ।

यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उपेन्द्रबहादुर कटुवाल, सदानन्द मण्डल, मनोजकुमार साह, सुरेन्द्रप्रसाद गुप्ता, सुशीला खनाल पौडेल, मो वाजुद्दीन मन्सुरी, प्रमोद खेरवार, ओम कोइराला र ताराबहादुर कार्की हुनुहुन्छ ।

त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिनुभयो ।

समानुपातिकतर्फ फरिदा खातुन, अनु गुरुङ, पङ्कजकुमार महतो, राधिका कटुवाल, अमरेन्द्रकुमार मेहता, बाबुराम विष्ट, रुपाकुमारी साह, भीमसिंह गुुरुङ, चम्पा अधिकारी, मुना, बह्मदेव मरवैता, भीम कटुवाल, जीवन विष्ट, चित्रबहादुर कार्की, बाबुनन्द यादव र शङ्करकुमार बस्नेत सिफारिस हुनु भएको छ ।

क्षेत्र नम्बर ४(ख)बाट प्रत्यक्षमा इस्राइल मन्सुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँउ, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस हुन भएको छ । त्यसैगरी क्षेत्र नम्बर ४९ख० बाट समानुपातिकमा २१ जनाको नाम सिफारिस भएको छ ।

समानुपातिकमा नन्दकुमार सिग्देल, अम्बिका घिमिरे, फरिदा खातुन, अञ्जुदेवी मेहता, कृष्णकुमार भगत९बब्लु०, गङ्गाराम मण्डल, ममता मेहता, जमुना गौतम पोखरेल, सुनिलकुमार पोखरेल, परमानन्द मेहता, रमानन्द पण्डित, ऋतुराज पोखरेल, विनिता दाहाल, रवीन्द्रकुमार मेहता, सेहनाज बेगम, विन्दुकुमारी पन्त, मञ्जुदेवी मण्डल, चञ्चल ठाकुर, ऋषिराम सुवेदी, मन्जुदेवी मण्डल र मीरा मण्डल सिफारिस हुनु भएको क्षेत्रीय सचिव खड्काले जानकारी दिनुभयो । रासस




भर्खरै