२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस



अ+ अ-

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

हिजोबाट निरन्तर बसेको परिषद्को बैठकले तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षीत,जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका डिन डीएन पराजुलीलाई नियुक्तीको सिफारिस गरेकाे  हो ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुुनुवाईले अनुमोदन गरी राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

डिएन पराजुली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोटाबाट न्यायाधीश नियुक्त भएका परिषद्को स्रोतले जानकारी दियो ।

यसअघि ठूलो न्यायाधीशको जमातलाई ओभरटेक गरी निता गौतम दिक्षितलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुख्य न्यायाधीश नियुक्त गरेका थिए । भने जबराले नै बिनोद शर्माको मुख्य न्यायाधीशको मुखैमा पुगेको गास खोसेर तिलप्रसाद श्रेष्ठलाई कनिष्टबाट मुख्य न्यायाधीश बनाएर अन्याय गरेका थिए । उनलाई यसले न्याय प्राप्त गरेको छ ।




भर्खरै