२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको, प्रमुख बालेन्द्र शाह (बालेन) का प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिनुभयो ।

अर्यालले सिङगापुरको नेसनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङ्गापुरको नेशनल इन्स्टिच्युट अफ एडुकेशनले प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

अर्याल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले टिच फर नेपालको ५ बर्ष अध्यक्षका रुपमा काम गरिसक्नु भएको छ । अहिले उहाँ नेतृत्व परिषदको सदस्य हुनुहुन्छ । सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उहाँ फुल ब्राइटको कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

उहाँ हवेली आउटडोर लर्निङ् सेन्टरको संस्थापक निर्देशक हुनुहुन्छ । यसले नेपाली शिक्षामा वातावरण संरक्षणसँगको प्राथमिकता स्थापित गर्छ । बालबालिकालाई प्रकृतिसँग घुलमिल गराएर व्यवहारिक सिकाई प्रवर्धन गर्नु यसको उद्देश्य हो । सार्वजनिक र सामुदायिक बिद्यालयको बिकास र सबलीकरणका लागि अर्यालबाट योगदान पुग्ने अपेक्षा गरिएको छ ।




भर्खरै