२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रद्वारा महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले आज एक शोक संदेश प्रकाशित गर्दै स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको कुरा सदा स्मरणीय छ भन्नुभएको छ ।

उहाँले नेपालप्रति स्वर्गीय महारानीको अगाध आत्मीयता सदा उल्लेख्य रहेको भन्दै नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्नुभएको छ । साथै उहाँले विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेटवार्तालाई गहनतम प्राथमिकता दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले स्वर्गीय महारानीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गर्नुभएको छ ।