२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ मन्त्रीसहित ९६ जनाको टोली लिएर चिनियाँ नेता ली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने हुनुभएको छ । उहाँ यही भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौँ आउने हुनुभएको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

हाल ली रुसको भ्रमणमा हुनुहुन्छ । छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोलीसहित रुस भ्रमणमा रहनुभएको ली त्यहाँबाट सोझै नेपाल आउनुहुने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा , नेकपा एमालेका अध्यक्ष केप ओली , लगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गर्नुभएको थियो ।

गत असारको अन्तिम सातातिर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसैगरी गत साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङसँग भएको भेटमा सीमा समस्यालगायत द्विपक्षीय विषयमा छलफल गर्नुभएको थियो ।




भर्खरै