७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा कानुन विपरीत निकालिएका नदीजन्य बस्तु लिलाम गरिने



अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार नाप जाँच गरेको छ ।

पर्वतको वारी बेनीदेखि दमुवा खोलासम्म अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवा लिलाम बिक्री गर्न लागत अनुगमन गरिएको उक्त गाउँपलिकाका उपाध्यक्ष एवं अनुमगन टोलीका संयोजक दीपक आचार्यले बताउनुभयो ।

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत उत्खनन् गरिएको बालुवा लिलाम बिक्री गर्न गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनीयर, सुरक्षाकर्मीलगायत उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरी प्राप्त प्रतिवेदनलाई कार्यपालिकाको बैठकले लिलाम बिक्रीका लागि प्रक्रियाअघि बढाउने भएको छ ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजर सिल गरिएको थियो । वर्षात्को समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्दै बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरीत ठेक्का नलागेको ठाउँमा पनि उपकरण प्रयोग गरेर अवैधरुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरीत नदीजन्यबस्तुको उत्खनन् बढी देखिन्छ ।