२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी



अ+ अ-

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा मंगलबार भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० देखि सुरुआत भएको उक्त च्याम्पियनशिपमा भारत अपराजित रहँदै आएको थियो ।

बङ्गलादशेको जीतमा मोसमात सिराज जाहनले दुई गोल गरिन भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थपिन् । खेलको पहिलो हाफको सुरुआतदेखि नै निकै आक्रामक देखिएको बङ्गलादेशले खेलको ११औँ मिनेटमा पहिलो अग्रता लियो ।

बङ्गलादेशकी खेलाडी मोसमातले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाएकी हुन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरिन् ।

त्यस्तै खेलको २३औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पा¥यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै सुन्दर गोल गरिन् । त्यसपछि बङ्गलादेशले खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ५३ औं मिनेटमा सविना खातुनको पासलाई सदुपयोग गर्दै मोसमातले गोल गरेपछि बङ्गलादेशले भारतमाथि ३–० गोलको सहज जीत निकाल्यो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३–० तथा पाकिस्तानमाथि ६–० को जीत निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० र दोस्रोमा माल्दिभ्सलाई ९–० ले हराएको थियो ।

जीतसँगै बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेको माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यसैगरी साफ च्याम्पियनशिपअन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ ।

समूह ‘बी’ को उपविजेता भूटानले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलङ्का बाहिरिएको छ ।