२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयक: प्रचण्ड विशेष अदालतको फैसलामा पुनरावेदन लाग्ने व्यवस्था गर्न सहमत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न सहमत भएको छ ।

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि बुधबार छलफल गरिरहेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकलाई सहमतिबाटै पास गर्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारको गम्भीर उल्लंघनबारे पीडित र मानवअधिकार आयोगले उठाएको चासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । सहमतिका साथ टुंग्यायौँ भन्दा जाने सन्देश एउटा हुने र सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा जाने सन्देश अर्को हुने उहाँको भनाइ थियो ।

सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याइएको छ । विधेयकमा पीडित पक्षले विरोध गरेपछि के गर्ने भन्ने विषयमा बहस जारी छ । समितिको छलफलमा माओवादी केन्द्रका नेता वर्षमान पुनले आर्बिटरी किलिङ अर्थात स्वेच्छाचारी हत्या राख्न सकिने बताउनुभयो ।

त्यसमा सहमति जनाउँदै अध्यक्ष प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने बताउनुभएको थियो ।

यद्यपि सरकारले ल्याएको विधेयकमा पुनरावेदनको व्यवस्था नभएकाले पीडितहरुले त्यसको विरोध गरेका छन् ।

पुनरावेदनको व्यवस्था नभएकामा सडकमा यसका विरोधका कुरा सुनिएको भन्दै अध्यक्ष प्रचण्डले पुनरावेदन गर्न सकिने गरी भाषा मिलाएर राखिदिनुपर्ने उल्लेख गर्नुभयो ।




भर्खरै