२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्छ: पूर्वन्यायाधीश समाज



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । पूर्वन्यायाधीश समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग नयाँ संसद्ले टुंग्याउनुपर्ने बताएको छ ।

समाजले आज पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल समाप्त हुँदैमा जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले महाअभियोगलाई स्वीकार गर्नुपर्ने समाजको ठहर छ । समाजले नयाँ प्रतिनिधिसभाले जबरा दोषी हुन् वा निर्दोष हुन् भन्ने टुंगोल लगाउनुपर्ने बतायो ।

जबराविरुद्ध गत फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव अहिले पनि विचारधीन अवस्थामा छ । प्रतिनिधिसभाको कार्यकाल यही असोज २ गते सकिँदैछ । यस्तो अवस्थामा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने अन्योल छ ।

समाजका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग निष्क्रिय नुहने बताउनुभयो । आगामी प्रतिनिधिसभाले यसलाई ग्रहण गरेर जबरा दोषी वा निर्दोष के हो भन्ने प्रमाणित गर्नुपर्ने उहाँको भनाइ छ ।

समाजको विज्ञप्ति यस्तो छ: