२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ ।

५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गर्नु भयो । उहाँले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौं रहेको उल्लेख गर्दै आभार समेत व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘बाल साहित्य सम्बन्धि हामीले छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भनेर हामीले सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौं ।

त्यसमा नेपाल बाल संगठन, किताव चारुजस्ता अरु थुप्र्रै दर्जनौं संस्थाहरु छन, जसले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईराखेका छन । काम गर्ने प्रयास गरिरहेका छन । सबै जनाले त्यसमा पनि चासो राख्दाखेरी हुन्छ भन्ने मलाई लाग्दछ । र, कतिपय भाईबहिनीहरुलाई प्रस्तुती गर्न पनि प्राविधिक त्रुटीका कारण पाएनन् जस्तो छ । अझ राम्रो तयारी गरेर उत्कृष्ट प्रर्दशन गर्न सक्नुहुन्छ । त्यसका लागि आफूले कुनै बेला पूरा समय दिएर मौका उपलब्ध गराउनेछु ।’

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गर्नु भयो । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आउनु भएको छ । उहाँले ठाउँ अलि सानो भएकाले बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाई भएको आफूलाई अनुभूति भएको पनि बताउनु भयो । यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैंत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।