२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र माधब नेपाललाई बालेनको प्रश्न: अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि प्रश्न गरेका छन् ।

मेयर शाहले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेपालको आफ्नै क्षेत्र रहेको तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’ मेयर शाहले प्रश्न गरेका छन् ।

यस्तै, मेयर शाहले अझै दुई महिना बाँकी रहेको आफू सरकारमा रहेको बताउँदै समस्या समाधान होस् भन्ने आशा राखेको समेत जनाएका छन् ।