२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाभियोग सिफारिस समितिको प्रतिवेदनमा एमालेको ८ बुँदे फरक मत (पूर्णपाठ)



file
अ+ अ-

काठमाडौं । महाअभियोग सिफारिस समितिले तयार पारेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले ८ बुँदे फरक मत राखेको छ ।

शनिबार बसेको समितिको बैठकमा एमालेले फरक मत राखेको समिति सदस्य एवं एमालेका नेता विष्णु पौडेलले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रतिवेदनको अन्तिम निष्कर्षमा एमाले र लोसपाका सदस्यहरुले महाअभियोगका लागि प्रमाण संकलनलगायत कार्य गर्न नदिइएको बताउँदै फरक मत राखिएको बताए ।

एमालेको फरक मतमा भनेको छ, ‘बहुमतको नाममा कथित प्रतिवेदन वस्तुत प्रतिवेदन नै होइन । आंशिक रुपमा संकलित कागज पुलिन्दालाई प्रतिवेदन मान्न सकिँदैन । यसमा प्रतिवेदनको कुनैपनि अंग पुगेको छैन् ।’

समितिले राणालाई महाभियोगका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिसहितको प्रतिवेदन बुझाइसकेको छ ।