९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा प्रति खनालको टिप्पणी : भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ… (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी चङ्गुलमा फस्नुभएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अमेरिकाको दबावमा जुनसुकै हालतमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न लाग्नुभएका प्रधानमन्त्री देउवाले यसका लागि गठबन्धन तोड्न खोजेको आरोप लगाउनुभयो ।

गठबन्धन तोडी नेकपा (एमाले) सँग मिलेर एमसीसी पारित गर्न खोज्ने प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ ।”

उहाँले अमेरिकी पासोमा पर्नुभएका देउवा अब कहिल्यै उम्कन नसक्ने बताउनुभयो । अब गठबन्धन तोडिए पनि आ–आफ्नै हिसाबले राजनीति गरिने उहाँको भनाइ थियो ।