२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगीत ३’को हिन्दी भर्सन विदेशी फिल्मसरह, १५ प्रतिशत विकास कर तिर्नुपर्ने



अ+ अ-

काठमाडौँ । चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ ।

चलचित्र विकास बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी बोर्डले सेन्सर अनुमति दिएको छ ।

बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र दिएका हुन् । योसँगै, फिल्मको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । साथै, फिल्मका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् ।

फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ । ‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि चलचित्र विकास बोर्डबाट पुनः स्वरांकनको अनुमति लिएका थिएनन् । जसकारण उक्त फिल्मलाई नेपाली फिल्म सरह सुविधा अर्थात् १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न बोर्डले अस्वीकार गरेको थियो । यसै विवादलाई लिएर चलचित्रकर्मी दुई कित्तामा विभाजित समेत भएका छन् ।