२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले सो फिल्मलाई नेपाली चलचित्रको मान्यता दिएको हो ।

विवादमा रहेको फिल्मको हिन्दी डबको सेन्सर पास भइसकेको छ । बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’ का निर्माता र वितरकलाई हिन्दी डब सेन्सर पास भएको अनुमति पत्र दिएका थिए ।

फिल्मका निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै १५ प्रतिशत विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएका थिए । यस अघि फिल्म हिन्दी भर्सन रिलिज हुने वा नहुने भन्नेबारेमा निकै नै असमझादी भै रहेको थियो । आक्रामक बुकिङ्गका साथ फिल्मले अहिले अग्रिम बुकिङ्ग खुला गरिसकेको छ ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ भने १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म भोलि शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउँदै छ । फिल्ममा प्रदिप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।




भर्खरै