२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसम्पादक पाठकसहित पत्रकारहरुलाई प्रेस काउन्सिल पुरस्कार प्रदान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गर्नुभयो ।

सो समारोहमा यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ अर्का वरिष्ठ पत्रकार माधव विद्रोहीलाई प्रदान गरियो । थापा इकागज डटकमका सम्पादक तथा विद्रोही राष्ट्रिय समाचार समितिका पूर्वबोर्ड सदस्य हुनुहुन्छ ।

त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको छ । उहाँसँगै पत्रकारहरु दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी राससकर्मी सञ्चिता घिमिरेलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार र अर्का राससकर्मी रवीन्द्र काफ्लेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरियो ।

सो समारोहमा ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपाने, ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ केशरराज क्षेत्री, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएकोे छ ।

त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार रमा केसी, शारदा गैरे र सरिता ज्ञवालीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर ९कमल० राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाउनुभएको छ ।

त्यसैगरी यस वर्ष ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ । सो पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायत उपस्थित हुनुहुन्थ्यो ।
–––




भर्खरै