२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ ।

चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ । सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पूँजीगत खर्च गरिएको छ ।

सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताउनुभयो । प्रदेशसभाले रु २३ लाख ३० हजार छ सय १० राजस्व आम्दानी गरेको छ ।

मुख्यमन्त्रीसहित सात मन्त्रीको सेवा सुविधा भने प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदैन । सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभा कारबाही, पद त्यागलगायतका कारण ३४ सदस्यीयमा सीमित हुन पुगेको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीको निर्वाचन कार्यक्रम सुरु भएसँगै प्रदेशसभाको कार्यकाल पनि यही असोज १ गतेदेखि समाप्त भएको हो ।