२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार क्षेत्रको विकास विस्तारमा पूर्वाधार पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका



अ+ अ-

काठमाडौं I  मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवालाहरूले यसमा पूर्वाधार पत्रकारहरूको पनि विशेष भूमिका औल्याएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा राजधानीमा गरेको ‘सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा’ वक्ताहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक वृत्तको मेरुदण्ड भएको बताए । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए ।

पत्रकारहरूले निर्माण उद्योगका समस्याका बारेमा सही तरिकाले उठान गरेमा देशलाई ठूलो राहत मिल्ने उनको भनाइ थियो । निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य समेत रहेका लामाले राज्यले समेत निर्माण उद्योगलाई सही तरिकाले नहेरेको भन्दै दुखेसो पोखे । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डीं), महासचिव रोशन दाहाल लगायतले निर्माण उद्योगका विषयमा वास्तविकता भन्दा बाहिरका समाचार बढी आउने गरेको तर्फ संचारकर्मीहरूको ध्यानाकर्षण गराएका थिए । पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले निर्माण व्यवसायी र संचाकर्मी दुवै आ—आफ्नो जिम्मेवारी बोध गरी अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा पूर्वाधारविज्ञ प्राध्यापक डाक्टर राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित् प्रचलित ऐन कानून तथा पत्रकार आचार संहितका विविध पक्षबारे चर्चा गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सौजन्यमा भएको कार्यक्रममा पूर्वाधार क्षेत्रमा कलम चलाउने मुलधाारका करीब ५० संचारकर्मीको सहभागिता रहेको थियो ।