२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची सच्याउन माग गर्दै ठमेलमा कांग्रेसको शेखर पक्षको भेला



अ+ अ-

काठमाडौँ । ठमेलस्थित एक होटलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेला भइरहेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्र िशेरबहादुर देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ । उनीहरुले समानुपातिक सूचीमा नाम सच्याउन माग गरेका छन् ।

भेलामा डा कोइराला र पार्टी पदाधिकारी सहभागी नभएको बताइएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेको सो भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्याशी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।

विद्रोही पक्षले बेलैमा पार्टी सभापति देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए निर्वाचनमा विद्रोह गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।