७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपटकको चुनाव लडाईं हो, एमालेले जितेर सरकार बनाउँछ: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उहाँले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो –‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गर्नुभयो । ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन् । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ ।’– उहाँले भन्नुभयो । उहाँले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उहाँले भन्नुभयो– स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताउनुभयो । उहाँले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताउनुभयो । ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन् । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’– पोखरेलले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले उमेरले युवा र बुढो नहुने बताउनुभयो । ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन् । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’

नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा ९एमाले० भएको उहाँको भनाइ छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उहाँले स्मरण गराउनुभयो । पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।