२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १४ मा पुगेको छ ।

यस्तै, कूल दुई सय २९ कम्पनीको २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर रु ६६ करोड ३० लाख १३ हजार मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ बराबरको कारोबार भयो । नबिल बैंक रु दुई करोड ६१ लाख ६८ हजार एक सय १७, सानिमा माई हाइड्रोपावर रु दुई करोड २६ लाख १९ हजार पाँच सय ८९, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड १८ लाख ४० हजार छ सय ५० र हिमालयन डिस्टिलरी रु एक करोड ७९ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त नौ दशमलव ९७, अभियान लघुवित्त छ दशमलव शून्य सात, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी छ दशमलव शून्य तीन, हिमालयन पावर पार्टरन पाँच दशमलव ९९ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले पाँच दशमलव ७१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र पाँच दशमलव ८८, समालिङ पावर चार दशमलव ६८, वेष्ट फाइनान्स कम्पनी तीन दशमलव ६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।




भर्खरै