२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौं । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उहाँ यस अघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत हुनुहुन्थो ।

आफ्नो नयाँ जिम्मेवारी संहाल्दै डाइरेक्टर श्रेष्ठले भन्नुभयो ‘ एफवानसफ्ट अन्तरगतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ’।

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गर्नुभएका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिनुहुन्छ । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ ।

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन् । नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।