२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख शाहबाट काठमाडौँमा नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ ।

ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गर्नुभएको हो ।

सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ ।

खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् । शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापन प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।

खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लव, नेपाल प्रहरी क्लव र एपीएफ क्लवले विभागीय टोलीका रुपमा खेल्नेछन् ।

ट्रफी टुरको क्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिवल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई हुनुहुन्छ ।