२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रण गर्न सरकार किन यति धेरै उदासीन ?, शेरबहादुर तामाङ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले दिनानुदिन फैलिरहेको डेङ्गु नियन्त्रणका लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।

उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै दिनदिनै गठबन्धनको सिट बाँडफाँटमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरु जनताको स्वास्थ्यप्रति विल्कुलै उदासीन हुनु दुर्भाग्य हो भन्नुभयो ।

कोभिडको समयमा केपी ओली नेतृत्वको सरकार हुँदा कोभिड नियन्त्रणबारेमा केपी ओलीलाई आलोचना गर्न नथाक्नेहरु आज डेङ्गु नियन्त्रणमा किन चुक्दैछन् भनी प्रश्न गर्दै उहाँले केपी नेतृत्वको सरकारले नै कोभिडको नियन्त्रण गरेको दाबी गर्नुभयो ।

पूर्वमन्त्री तामाङले भन्नुभयो, “एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधै सर्ने कोभिड नियन्त्रण त हामीले गर्न सक्यौँ भने आज लामखुट्टेका कारण अप्रत्यक्षरुपमा सर्ने रोगको नियन्त्रणमा सरकार यति धेरै किन उदासीन छ ?”

उहाँले तत्काल डेङ्गु नियन्त्रणसम्बन्धी प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

 




भर्खरै