२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमविरुद्ध आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन घरेलु मैदानमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट जाकाले गोल गरे । टोटेनहमका लागि ह्यारी केनले एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा पार्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । बुकायो साकाले उपलब्ध गराएको पासमा पार्टेले डि-बक्स बाहिरबाट वान टचमा उत्कृष्ट गोल गरे ।

यता ३१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४९ औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई २-१ को स्थितीमा लगे । बुकायो साकाले प्रहार गरेको रिबाउन्ड बलमा जेससले गोल गरेका हुन् ।

यस्तै ६७ औं मिनेटमा जाकाले उत्कृष्ट गोल गर्दै आर्सनलको जित पक्का गरे । ६२ औं मिनेटमा एमर्सन रोयलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियने ।

उनले मार्टिनेलीमाथि फउल गरेपछि रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए । जितसँगै आर्सनलले ८ खेलबाट २१ अंकसहित लिगको शीर्षस्थानमा कायम छ । पराजित टोटेनहम समान खेलबाट १७ अंकसहित तेस्रो स्थानमा छ ।




भर्खरै