२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा फुटबल खेलका क्रममा दंगामा भागदौड हुँदा १२७ को मृत्यु, १८० बढी घाइते



अ+ अ-

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । यस घटनामा १८० जना घाइते भएका छन् ।

घटना पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कन्जुरुहान स्टेडियममा शनिबार राति भएको हो । रोयटर्सका अनुसार इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग १ को फुटबल खेल चलिरहेको थियो ।

इन्डोनेसियाको कान्जुरुहान रंगशालामा अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेल चलिरहेको थियो । पर्साबायाको टोली पराजित भयो । खेल हारेको टोलीका समर्थकले पिचमाथि आक्रमण गरेका थिए । आक्रमण रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो, जसका कारण भागदौड भएको थियो ।

घटनामा १२७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ, जसमध्ये दुई प्रहरी अधिकारी छन् । ३४ जनाको स्टेडियम भित्र घटनास्थलमै र बाँकी अस्पतालमा मृत्यु भएको थियो ।

इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई) ले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । खेलपछि के भयो छानबिन गरिने र त्यसका लागि टोली मलङ प्रस्थान गरेको जनाएको छ ।