२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-२ मा विरोध खतिवडा



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पाएको मकवानपुर क्षेत्र नम्बर २ को उम्मेदवारमा खतिवडाको नाम टुंगो लगाएको हो । यस क्षेत्रमा खतिवडाको नाम सुरुवातदेखि नै चर्चामा थियो ।

मकवानपुरबाट यसअघि चारपटक ०४८, ०५१, ०५६ र ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खतिवडा ०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।