२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता



file
अ+ अ-

झापा । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीका अनुसार उहाँको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहनुभएको छ । पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उहाँ आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिम्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो।

सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ ।




भर्खरै