२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा महालक्ष्मी डीना र कमल थापाद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मकवानपुरबाट विभिन्न राजनीतिक दलले आआफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

दिउँसो १ः३० बजेसम्म सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना), नेकपा (एमाले) को समर्थनमा राप्रपा नेपालका तर्फबाट कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह र हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रन्तप्रसाद प्रजापतिले उम्मेदवारी मनोनयन गराउनुभएको छ । यसैगरी गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाले उम्मेदवारी मनोनयन अपराह्न ३ बजे गराउने कार्यक्रम छ ।

त्यस्तै नेकपा (एमाले)को तर्फबाट क्षेत्र नं २ मा महेशकुमार बर्तौलाले पनि आजै ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुहुने एमाले मकवानपुरले जनाएको छ । अन्य उम्मेदवारले साँझ ५ बजेभित्रै हेटौँडा उपमहानगरपालिका–२ स्थित निर्वाचन कार्यालय परिसरमा आई मापदण्डअनुसार उम्मेदवारी दर्ता गराउनसक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो । मकवानपुरमा तीन लाख सात सय ३३ मतदाता छन् भने तीन सय ६४ मतदान केन्द्र तोकिएको छ ।