२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर ढकालले डडेल्धुराबाट दिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । पाँच वर्ष अघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकालले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिविरुद्ध उनले उम्मेदवारी दिएका हुन् । डडेल्धुरा प्रधानमन्त्रीको गृहजिल्ला पनि हो । देउवाले अहिलेसम्म सो क्षेत्रबाट पराजित हुनुपरेको छैन ।

ढकालले ट्विट गर्दै डडेल्धुरामा विधिवत्रुपमा उम्मेदवारी दिएको जानकारी गराएका छन् । उनले उग्रतार, घटाल, परशुराम बाबालगायत देवी देवतालाई साक्षी राख्दै डडेल्धुरा र देशवासीलाई‌ नयाँ आशा, विश्वास र विकासका लागि लागि २ दिनको निराहार व्रत बस्ने निर्णय गरेको समेत बताएका छन् ।