२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराबाट आरजुको अपिल, गठबन्धनका उम्मेदवारलाई जिताउँ



अ+ अ-

डडेल्धुरा । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले वर्तमान सत्ता साझेदार दलहरूको गठबन्धनले चयन गरेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वारेसनामामार्फत डडेल्धुरामा आज उनको उम्मेदवारी दर्ता गराएपछि दिएको संक्षिप्त प्रतिक्रियाका क्रममा डा देउवाले सो आग्रह गरेकी हुन् ।

कांग्रेस नेत्री डा देउवाले नेपालको वर्तमान संविधानको भावना पनि सबैको सहमति र सहकार्यबाट सरकार सञ्चालन गर्ने रहेको भन्दै संविधानको यही भावनाअनुसार नै वर्तमान सरकार निर्माण भएको र भोलिका दिनमा पनि मिलेर नै सरकार सञ्चालन गर्नुपर्ने अवस्था हुनसक्ने भएकाले गठबन्धन दलमा आबद्ध सबै दलका कार्यकर्ताहरूलाई गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरिन् ।

उनले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई लिएर नै आगामी निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनलाई जिताउनुपर्ने बताइन् ।

नेत्री डा राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा राखिन।

यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका डा देउवाले बताइन् । उनले भनिन्, “वर्तमान देउवा सरकार निर्माण हुने समयमा देश कोरोना महामारीको बीचमा थियो, नागरिकले पर्याप्त मात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेर समेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो ।’

यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम पनि छोटो समयमै अघि बढेका डा राणाको भनाइ थियो ।

उनले भनिन्, “यो सरकार बनेको धेरै भएको छैन, डेढ वर्ष पनि पुगेको छैन । यही बीचमा विकास निर्माणका धेरै काम भएका छन् । धेरै पहिलादेखि रोकिएर रहेका परियोजना अघि बढेका छन् । जस्तो कि पश्चिम सेती परियोजनाको काम अघि बढिसकेको छ । वित्तीय बजार धेरै मात्रामा खुला भएको छ । मुलुकको अर्थतन्त्र अहिले चलायमान भएको छ । यसको प्रभाव आगामी दिनमा प्रत्यक्षरूपमा देख्न सकिन्छ ।”

कांग्रेस नेत्री डा राणाले वर्तमान गठबन्धन सरकार नेपाल पहिलो भन्ने मूल मर्म र नाराका साथ अघि बढेको र भारत, चीनलगायत विभिन्न देशसँग राम्रो सम्बन्ध विस्तार गरी नेपालको कूटनीतिक सम्बन्धलाई मजबुद बनाउँदै थप उचाइ प्रदान गरेको भन्दै आगामी निर्वाचनमा जित हासिल गरेर पनि यही सहमति र सहकार्यको संस्कारअनुसार अघि बढाउने प्रण कांग्रेसले गरेकोे उनले बताइन्।

विसं २०४८ यताका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई निरन्तरता दिने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले डडेल्धुरा मात्र नभएर सिङ्गो सुदूरपश्चिम तथा देशकै विकासमा आफ्नो जीवनकाल खर्चिएको चर्चा गरिन् ।

उनले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रूपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्दै यहाँका जनताले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री देउवालाई पहिलेजस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राखिन् । त्यस क्रममा डा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिक विकास, महिला स्वास्थ्य, महिला सशक्तीकरणलगायतका क्षेत्रमा आफूले विगत लामो समयदेखि गरेका कार्यहरूको पनि स्मरण गरेका थिए ।

धनबहादुर भण्डारी/रासस




भर्खरै