२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु अमेरिकामा



फाईल फोटो
अ+ अ-

वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु डिसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्माले बुधवार विश्वबैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्वबैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनुहुनेछ । उहाँले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

उता सोमबार नै यहाँ आइपुग्नुभएका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाउनुभएको छ ।




भर्खरै