२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसप्रति बाबुरामको कटाक्ष-सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले विद्वान व्यक्तित्वलाई टिकट दिएन(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उहाँले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली काँग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताउनु भयो । उहाँले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव,निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याउनु भयो । उहाँले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मा समीक्षा गर्नु जरुरी छ । अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिव,निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन । नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ । विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

उहाँले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनु भयो ।