२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे



अ+ अ-

एजेन्सी । उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।

‘हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं’, आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन् ।

सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए ।

ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर (गज) तल रहेको अनुमान गरिएको छ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए। केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो ।

सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो ।