२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही २ का स्वतन्त्र उम्मेदवार डा कमल भुसाल पनि उम्मेदवारी खारेज विरुद्ध पुगे अदालत



अ+ अ-

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा कमल भुसाल पनि आफ्नो उम्मेदवारी खारेजीविरुद्ध अदालत पुगेका छन् ।

असोज २८ गते शुक्रबार भुसालले निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङसँगै उनको पनि उम्मेदवारी खारेज गरिदिएको थियो ।

आफ्नो उम्मेदवारी कायम नै रहनुपर्ने माग गर्दै दर्ता गरिएको रिट निवेदन आइतबार वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले लाभको पद लिएको भनी भुसालको उम्मेदवारी खारेज गरेको थियो । तर डा भुसालले आफू एमडीमा अध्ययनरत रहेको र राज्यले निर्वाह भत्ता दिएको आधारमै लाभको पद लिएको भन्न नमिल्ने उनले बताएका छन् ।

एमडीमा अध्ययनरत रहेको कारण छात्रवृत्ति दिएको नभई अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले काम वापतको निर्वाह भत्ता दिएको उनको जिकिर छ । त्यसलाई राज्यबाट लाभ लिएको भन्न नमिल्ने उनले रिट निवेदनमा उल्लेख गरेका छन् ।

बदनियतपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै उनले निर्वाचन अधिकृतलाई समेत विपक्षी बनाई रिट दायर गरेका छन् ।

रुपन्देही २ मा नेकपा -एमाले_ का उपाध्यक्ष विष्णु पौडेलसमेत उम्मेदवार छन् । उनलाई विशेष फाइदा पुग्ने गरी निर्वाचन अधिकृतले नेकप (माओवादी केन्द्र) का राजु गुरुङ र डा भुसालको उम्मेदवारी खारेजगरेको आरोप लगाइएको छ ।