२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि काँग्रेसका नेताहरुले टिकट पाउनुभएनः प्रकाशशरण महत(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरुले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्तारुढ गठबन्धनका नेताहरुलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टी भित्रका केही प्रभावशाली नेताहरुलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको बताउनुभएको हो ।

उहाँले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताउनु भयो । उहाँले आगामी गठबन्धन सरकार पनि नेपाली काँग्रेसको नेतृत्वमा बन्ने उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै नेपाली काँग्रेस पार्टीको लक्ष्य भएको जिकिर गर्नुभयो ।

प्रवक्ता महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारसिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेक नागरिकलाई कुनैपनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताउनु भयो । उहाँले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनैपनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभुत अधिकारबाट वञिचत हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाली युवाहरुलाई देशभित्र रोजगारी प्रप्त नभएको कारणले विदेशिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर, जनताप्रति, अधिकारप्रति समर्पित सरकार निर्माण गर्ने बताउनु भयो ।

प्रवक्ता डा. महतले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताउनु भयो । उहाँले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आगामी दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योग्य हुँदाहुँदै पनि कतिपय साथीहरु हामीले टिकट दिन सकेका छैनौँ । गठबन्धनको कारणले । धेरै ठाउँमा हाम्रो उम्मेदवार छैन । तर जुन परिणामको, लक्ष्यको कुरा हामीले गरिरहेका छौँ, नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने, गठबन्धनको सरकार बनाउने, लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै नेपाली काँग्रेस पार्टीको लक्ष्य हो । यसकै लागि हामी निरन्तर लागिरहेका छौँ ।’

‘त्यो जीवन पद्धतीमा विश्वास नगर्ने पार्टीहरु पनि अहिले लोकतान्त्रिक मूल्य र मान्यताप्रति समर्पित भएर आउनु सुखद् कुरा हो । भोलि बन्ने सरकारले जनताले हामीलाई विश्वास गर्छन्, मलाई विश्वास छ, मुलभुतरुपमा लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारसिलामा देशमा समृद्धि सिर्जना गर्ने र समृद्धिको पहुँचमा हरेक नागरिकलाई कुनैपनि वर्ग, समूह, क्षेत्र, त्यो समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुनेछैन ।’

‘त्यो सुनिश्चितता हामी गर्न चाहन्छौँ । कुनैपनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभुत अधिकारबाट वञिचत हुन दिइने छैन । कुनैपनि नेपाली युवाहरुलाई देशभित्र रोजगारी प्रप्त नभएको कारणले विदेशिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर र जनताप्रति, अधिकारप्रति समर्पित सरकारको मार्फतबाट देशभित्र नै रोजगारी सिर्जना गर्ने र लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री इकोनोमीलाई अर्थतन्त्रलाई अघि बढाउने र देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्न पेट्रोलियम पर्दाथलाई कम गरी ग्रिन इकोनोमीलाई देशलाई लैजाने गठबन्धनको लक्ष्य छ । साथै पूर्वीय सभ्यता, संस्कृतिलाई हामीले कतिपय अवस्थामा बेवास्ता गरेका थियौँ, अब त्यसलाई प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउन हामी लाग्नेछौँ ।’

प्रवक्ता महतले पार्टीमा अहिले सबै पक्षहरु सन्तुष्ट रहेको दाबी गर्दै अहिले सहमतिमा नै निर्वाचनमा गठबन्धन जिताउनका लागि लागिपरेको बताउनु भयो ।