२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्रीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका डा भुसालले गराए उम्मेदवारी निष्क्रिय



अ+ अ-

काठमाडौँ । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिएका हुन् ।

गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन् ।

झाँक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए । उनले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताए ।

उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाँक्री र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुनेमा निश्चित रहेको बताए ।