२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मूलकी परिजिता ‘द भ्वाइस’ को ब्याटल राउन्डबाट नकआउटमा



अ+ अ-

एजेन्सी । अमेरिकन रियालिटी टेलिभिजन शो ‘द भ्वाइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाले जित हासिल गरेकी छिन् । जितसँगै उनी उक्त शोको नकआउटमा प्रवेश गरेकी छिन् ।

नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले ‘हाउ डिप इज योर लभ’ मा आफ्नो प्रस्तुती दिएकी थिइन् । यसमा उनले दुई प्रतिस्पर्धी केसी र लिन्जीलाई पछि पारिन् ।

कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै उनले ब्याटल राउण्ड जितेकी हुन् ।

त्यसक्रममा कोच ब्लेक शेल्टनले कोच जोनलाई परिजिताको स्वर सशक्त रहेको बताउँदै उनलाई अगाडि बढाउन सुझाव समेत दिए ।

ब्लाइन्ड अडिसनदेखि नै चर्चामा रहेकी परिजिताले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन् ।