१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लजको कोठामा प्वाल बनाएर गोप्य रुपमा अश्लिल भिडियो खिच्ने म्यानेजर पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको एक लजको कोठाभित्र गोप्य रूपमा भिडियो रेकर्ड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजर काठमाडौं चन्‍द्रागिरि–१५ का ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडियो रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडियो खिचेको खुल्नमा आएको हो । उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।