२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर



अ+ अ-

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री इमरान खानलाई तोसाखाना प्रकरणमा पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले इमरानको संसद सदस्यता पनि खारेज गरिएको जनाएको छ । निर्वाचन आयोगको यो निर्णयपछि इमरानले आगामी ५ वर्षसम्म चुनाव लड्न पाउने छैनन् ।

सत्तारुढ पाकिस्तानी प्रजातान्त्रिक आन्दोलनले तोसाखाना गिफ्ट मुद्दालाई निर्वाचन आयोगसमक्ष उठाएको थियो । इमरानले आफ्नो कार्यकालमा विभिन्न देशबाट उपहार पठाएको बताइएको छ ।

उनका वकिलले पनि इमरानले ५.८ करोड भारुमा उपहार बेचेको स्वीकार गरेका थिए । उनीहरुलाई आयकर विवरणमा पनि उल्लेख गरिएको थियो ।

वर्तमान सरकारले इमरानले अरब शासकहरूबाट बहुमूल्य उपहार पाएको बताएको थियो, जुन उनले बेचेका थिए । यसमा अमूल्य घडीहरू, गहनाहरू र डिजाइनर झोलाहरू समावेश थिए ।

इमरान सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए । उनले साउदी अरब लगायत धेरै देशको भ्रमण गरे । यहाँ राजकुमार मोहम्मद बिन सलमान (एमबीएस)ले इमरानलाई बहुमूल्य घडी उपहार दिएका थिए ।

प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले आफूलाई जानकारी नदिई देशलाई जानकारी नै नगराई करोडौं रुपैयाँका उपहार बेचेको आरोप लागेको छ ।