२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएनः ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ ।

देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको बताउनुभयो ।

शनिबार झापाको दमक–९ स्थित कृष्ण मन्दिर चौकमा नेकपा (एमाले) र राप्रपाले संयक्त रुपमा आयोजना गरेको मतदातासँग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘नेकपा (एमाले)को नेतृत्वमा भएको सरकार ढाल्ने काम समेत यही नेता बिकाउ धन्दामा लागेकाले भएको हो । एमालेभित्र पनि यस्तो सोच राखेका नेता थिए । जस्ले मुलुक बनाउने भन्दा आफू कसरी बन्ने भन्ने आशयले पार्टीभित्र चरम गुटबन्दी र बिकाउमा लागेर पार्टी फुटाएर आफ्नै पार्टीको सरकार ढालेको प्रष्ट पार्नुभयो ।

‘२०७४ सालको निर्वाचनको परिणाम आएपछि नै तत्कालीन नेकपाको नेतृत्वमा सरकार बनाउनै नदिने खेल सुरु भयो । यो खेल सफल नभएपछि मेरो नेतृत्वमा सरकार गठन भयो । एमाले र माओवादी एकीकरणपछि पार्टीभित्र झन ठूलो समस्या आयो । सरकारलाई काम गर्न नदिने, असफल बनाउने षडयन्त्रका बीच ४१ महिनामा नै सरकार अल्पमतमा पुर्याएर ढाल्ने काम भयो । त्यसपछि देश विकासको काम पूर्ण रुपमा ठप्प भयो ।’

विभिन्न चुनौतीका बीच पनि एमालेको सरकारले छोटो समयमा गरेको अस्वाभाविक विकास निर्माणले गर्दा खाने धन्दा बन्द हुने भयो भनी अनैतिक र अप्राकृतिक गठबन्धन बनाई अहिलेको सरकार भ्रष्टाचार र कमिशनखोरहरुको चङ्गुलमा चलिरहेको र मुलुकलाई असफलताको बाटोतिर अघि बढाइरहेको बताउँदै अध्यक्ष ओलीले यसलाई रोक्न पनि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले आफ्नो सरकार हुँदा अघि बढेका योजना समेत अहिले सबै कटौती गरेर सरकार कमाउने खाने धन्दामा लागेको, नातावाद, गुटबन्दी गर्नमै व्यस्त रहेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हास्ने नेपाली काँग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्याउन रेलमार्ग निर्माण गरिने लेखेको बताउनुभयो । अहिले रेलमार्गको जग्गाको मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनै लाग्दा आफ्नो सरकार ढालेको बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले विकासका ठूला–ठूला योजना अघि बढाएको, त्यस बाहेक मानिसका दैनिक जनजीवन सहज बनाउने, गरिव आवास कार्यक्रम अन्तर्गत लाखौँ विपन्नलाई घर निर्माण गरिएको, बालबालिका र बृद्धबृद्धालाई समेत संरक्षणका कार्यक्रम अघि बढाइएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले आजै कमल गाउँपालिकामा पनि कार्यकर्ता भेलामा सम्बोधन गर्नुभयो ।