२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको घोषणापत्र : कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, अभिभावकीय भूमिकामा राजसंस्था(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार जारी गरेको घोषणापत्रमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्ड अगाडि सारेको छ ।

पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरी जारी गरिएको घोषणापत्रमा राप्रपाले राष्ट्रपति हटाएर अभिभावकीय भूमिकामा राजसंस्था राख्नुपर्ने प्रस्ताव गरेको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख गर्दै सो पार्टीले संसद् पूर्ण समानुपातिक हुनुपर्ने र प्रदेशलाई खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने तथा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने उल्लेख गरेको छ ।

राप्रपाको घोषणापत्र बुँदागत रुपमा यस्तो छ :

– प्रदेश संरचना खारेज, केन्द्र र बलियो स्थानीय तह

– अभिभावक भूमिकामा राजा, पूर्ण समानुपातिक संसद्

– वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र स्थापना

– प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकाल मात्र

– २०४६ पछिका नेता, कर्मचारीको सम्पत्ति छानबिन

– राजा वीरेन्द्रको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवन

– बूढानीलकण्ठ स्कुललाई सातै प्रदेशमा विस्तार

– कक्षा १२ सम्म पूर्ण निःशुल्क, मातृभाषामा शिक्षा

– प्रत्येक युवतीलाई पाठेघर क्यान्सरविरुद्धको खोप

– किसानको खेतमा बिजुली, सामूहिक खेतीलाई अनुदान

– नेपाल बन्द जस्ता कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता

– पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) सार्वजनिक बिदा

– योजनाबद्ध धर्म परिवर्तन नियन्त्रण, मस्जिद मन्दिर संरक्षण

– २०८७ सम्म मध्यम आयस्तरको मुलुक बनाउने

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/rpp-manifesto.pdf” title=”rpp manifesto”]




भर्खरै