२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न सकिदैन: बेदुराम भुसाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पनि सत्तारुढ गठबन्धन कायमै रहन्छ भनेर अहिल्यै भन्न नसकिने बताउनु भएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले सत्तारुढ गठबन्धन निर्वाचनपछि पनि कायमै रह्यो भने आफूहरुले चुनावी घोषणा पत्रमा सार्वजनिक गरेको कुरा त्यही भित्र रहेर कार्यान्वयन गर्ने र नरहे बाहिर बसेर पनि जनताको प्रतिनिधिको रुपमा त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । गठबन्धन यही रहने र आफ्नो पार्टी पनि सरकारमा जाने परिस्थिति बन्यो भने पार्टीको नीति, कार्यक्रम र चुनावी घोषणा पत्रका प्रतिवद्धता सरकारमै रहेर कार्यान्वयनका लागि पहल गर्ने महासचिव भुसालको भनाई थियो ।

महासचिव भुसालले आफूहरुले घोषणा पत्रमा पार्टी सरकारमा नरहने परिस्थिति आयो भने पनि जन प्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्नै कुरा उल्लेख गरिएको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन । यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं ।’

यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ । हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धताहरुलाई कार्यान्वयनमा उर्ताछौं । यदि हामी सरकारमा रहनौं भने हामी हाम्रा आवाजहरु जनताको आवाजको रुपमा जनप्रतिनिधिको रुपमा उठाईरहन्छौं । हाम्रोतर्फबाट हामीले पहल गरिरहन्छौं भनेका छौं । कुरा यही हो ।’

‘गठबन्धन यही रहन्छ, यो गठबन्धनमा हामी पनि रहन्छौं भने हामीले हाम्रा नीति, कार्यक्रमहरु सरकारमै रहेर पहल गछौं । यदि यो रहेन भने अर्कैं परिस्थिति निर्माण भयो भने तदनुकूलनै हाम्रा कुराहरु लिएर अघि बढछौं ।’

महासचिव भुसालले आधारभूत तहको शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन पनि आफूहरुले पहल गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको बताउनु भयो ।




भर्खरै