२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेस्ट नायिकाको अवार्ड पाइनँः मेकअप र कपडाको मात्रै मूल्यांकन गरियो– करिष्मा मानन्धर(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताउनु भयो ।

उहाँले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको बताउनु भयो । उहाँले अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गर्नभयो ।

उहाँले भन्नुभयो, ‘अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलाहरुलाई हुँदैन ? हामी २१ औं शताब्दीमा छौँ । समानताको कुरा गर्छौं । कुरा गर्छौं, कर्म गर्दैनौँ । मैले यो सिनेमाबाट कर्म गर्न खोजेको छु । विधुवा पुरुषको मात्रै कुरा होइन, अहिले विधुवा पुरुषको कथाबाट बनेको महापुरुषले तहल्का पिटिरहेको छ, मैले यस फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको छु । त्यो उठाउने जिम्मा आजको पिढीको हो ।’

त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गर्नुभयो । उहाँले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई देखाएको बताउनु भयो । चलचित्रमा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताउनु भयो । त्यस्तै अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताउनु भयो ।

उहाँले चलचित्रले सामाजिक कुरीतिबिरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गर्नुभयो । त्यस्तै नायिका करिष्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गर्नुभयो । उहाँले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको बताउनु भयो । चलचित्र बगानमा भने आफूले अभिनयबाट चिनिने मौका पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ । त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ । ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गनुएपर्ने बाध्यता मलाई छ । करिष्मा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन । जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन । जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो । यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ ।’

सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

 




भर्खरै