२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन बाध्यात्मकः ओली



file
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन बाध्यात्मक भएको टीप्पणी गरेका छन् ।

मंगलबार नेकपा एमालेले राखेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेभित्र विगतमा अराजक तत्व रहेको भन्दै बाध्यात्मक अवस्थामा प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

संसद विघटन हुनु र दुई तिहाइको सरकार ढल्नुको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यष माधवकुमार नेपाललाई दोष दिँदै ओलीले आफूलाई सडकबाट नेकपाको साधरण सदस्यबाट समेत निस्कासन गरिएको बताए ।

उनले सडकबाट समेत अराजक गतिविधि हुन थालेपछि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्नु पर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको पनि बताए ।

सर्वोच्चको आदेशबाट देउवा नेतृत्व सरकार बन्नु अराजक र अलोकतान्त्रिक भएको ओलीको भनाई छ ।